नाबिलको शतकसँगै बंगलादेशले नेपाललाई दियो बलियो लक्ष्य

एसीसी यू १९ एसिया कप क्रिकेट अन्तर्गत जारी खेलमा बंगलादेशले नेपाललाई २९८ रनको बलियो लक्ष्य दिएको छ।

यूएईको शारजहामा टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनायो।

प्रान्तिक नाउरोज नाबिलले १२७ रनको नटआउट शतकीय पारी खेलेपछि बंगलादेशले बलियो स्कोर बनाएको हो । ११२ बलमा उनले ११ चौका र १ छक्का प्रहार गरे ।

यस्तै मोहम्मद फहिमले ५४ बलमा ३ चौका र ३ छक्कासहित ५८ रनको थपे । त्यसबाहेक इफ्ताखिर हुसेन र एसएम मेहरुबले समान २१–२१ तथा आइच मोल्लहले २२ रन जोडे ।

नेपालले अतिरिक्तबाट मात्रै २९ रन खर्चिएको थियो । नेपालका गुल्सन झा, तिलकराज भण्डारी र आदिल आलमले समान १–१ लिए ।

एसियाकपको समूह बी मा नेपाल, बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest