यू-१९ एसिया कप: बंगलादेशसँग नेपालको फराकिलो हार

यू १९ एसिया कपमा नेपालले बंगलादेशसँग १५४ रनको फराकिलो हार ब्यहोरेको छ ।

यूएईको शारजहा क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोली ४२.३ ओभरमा सबै विकेट गुमाएर १४३ रनमै समेटियो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ३५ रन जोडे । २८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै विवेक मगरले ३३, विवेक यादवले २६, अर्जुन साउदले १५ तथा बासिर अहमदले ८ बाहेक अन्यको प्रदर्शन गतिलो भएन ।

बंगलादेशका तान्जिम हसन, राकिबल हसन, एसएम मेहरुब र नाइमुल रोहमानले समान २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनायो।

प्रान्तिक नाउरोज नाबिलले १२७ रनको नटआउट शतकीय पारी खेलेपछि बंगलादेशले बलियो स्कोर बनाएको हो । ११२ बलमा उनले ११ चौका र १ छक्का प्रहार गरे ।

यस्तै मोहम्मद फहिमले ५४ बलमा ३ चौका र ३ छक्कासहित ५८ रनको थपे । त्यसबाहेक इफ्ताखिर हुसेन र एसएम मेहरुबले समान २१–२१ तथा आइच मोल्लहले २२ रन जोडे ।

नेपालले अतिरिक्तबाट मात्रै २९ रन खर्चिएको थियो । नेपालका गुल्सन झा, तिलकराज भण्डारी र आदिल आलमले समान १–१ लिए ।

एसियाकपको समूह बी मा नेपाल, बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest