यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११

एसीसी यू-१९ एसिया कपमा नेपालले श्रीलंकासँग टस हारेर फिल्डिङको निम्तो भएको छ ।

यूएईकोशाहजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ ।

नेपालले तीव्र गतिका बलर दुर्गेश गुप्ताको स्थानमा शेर मल्ल र ओपनर अर्जुन कुमालको स्थानमा बसन्त कार्कीलाई मौका दिएको छ ।

नेपालको सुरुवाती-११ मा देव खनाल (कप्तान), दुर्गेश गुप्ता, शेर मल्ल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, बसन्त कार्की, बशिर अहमद र अर्जुन साउद रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest