एसीसी यू-१९ – दोस्रो हारसँगै नेपाल बाहिरियो

लगातार दोस्रो हारसँगै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटबाट बाहिरिएको छ ।

आइतबार श्रीलंकासँग ६० रनको हार ब्यहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि नेपाल बंगलादेशसँग पहिलो खेलमा पराजित भएको थियो ।

सारजाह क्रिकेट मैदानमा श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रनमा समेटियो ।

नेपालका अर्जुन साउदले ६४, बसिर अहमेदले ४३, विवेक यादवले ४६, सन्तोष कार्की ३४ तथा कप्तान देव खनालले २८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

श्रीलंकाका रभिन डी सिल्भा र मथिसा पाथिरानाले ३/३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।

श्रीलंकाका सदिशा राजपाक्षेले १ सय ३१ रन र चामिन्दु विक्रमासिंगेले १ सय ११ रनको शतकीय इनिङ्स खेले ।

नेपालका आदील आलमले २ तथा देव खनाल र विवेक यादवले १/१ विकेट लिए ।

अब नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध मंगलबार खेल्नेछ ।

नेपाल रहेको समूहबाट बंगलादेश र श्रीलंका भने सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest