यू-१९ एसिया कप: आज नेपालले अन्तिम खेल खेल्दै

यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्न अन्तिम खेलमा कुवेतको सामना गर्दैछ ।

दुबईको आईसीसी एकेडेमीमा नेपाल र कुवेतबीचको खेल ११:५५ बजे सुरु हुनेछ ।

कुवेतलाई हराएर नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहान्छ ।

समूह बी मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रन र श्रीलंकासँग ६० रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest