नेपाल यू-१९ एसिया कपको सबै खेलमा पराजित, कुवेतको रोमाञ्चक जित

नेपाल एसीसी यू-१९ एसिया कपको सबै खेलमा पराजित भएको छ ।

अन्तिम खेलमा मंगलबार कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल जितविहिन बनेको हो । यसअघि नै लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले दिएको २४० रनको लक्ष्य कुवेतले ७ बल बाँकी रहँदा ९ विकेट गुमाएर भेट्टायो ।

कुवेतका कप्तान मित भावसरले १७५ रनको नटआउट इनिङ्स खेल्दै जित दिलाए । १४९ बलको सामना गरेका उनले २४ चौका र १ छक्का प्रहार गरे ।

त्यसबाहेक जुडे साल्देनले २५ रन जोडे भने अतिरिक्तमार्फत नेपालले २५ रन दिएको थियो ।

नेपालका गुल्सन झाले ३ तथा शेर मल्ल, बासिर अहमद र विवेक यादवले २-२ विकेट लिए ।

त्यसअघि नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो ।

नेपालका बासिर अहमदले ५६, विवेक मगरले ५०, आदिल आलम ४९ रन जोडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest