सन्दीपको सानदार प्रदर्शनमा होबार्टको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल)मा सानदान जित हात पारेको छ ।

सन्दीपले ३.५ ओभरमा ३२ रन खर्चदै ३ विकेट लिएपछि बुधबार भएको खेलमा होबार्टले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हरायो ।

होबार्टले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको रेनेगेड्स १५.५ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रनमा समेटियो ।

रेनेगेड्सलाई उक्त स्कोरमा रोक्न सन्दीपसहित टम रोजर्सले ३ विकेट लिए ।

योसँगै जारी बिगबासमा सन्दीपले सात खेलमा ४ विकेट लिएका छन् । सन्दीप चार खेलमा विकेट विहीन छन् ।

होबार्ट ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । रेनेगेड्स ५ अंक जोडेर पुछारमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest