आगामी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको बन्द प्रशिक्षणका लागि ३० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक पुबुदु दसानायिकेको आगमनसँगै क्यानले पहिलोपटक सन्दीप लामिछानेको कप्तानीमा ३० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा सन्दीपसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम र सन्दीप जोरा छन् ।
त्यसबाहेक अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकरशाहलाई टोलीमा स्थान दिइएको छ ।
नेपाली टोलीको बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुने क्यानले जनाएको छ ।
ग्लोबल छनोट फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनेछन् ।