ज्ञानेन्द्रसहित ४ खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गर्ने संकेत, गएनन् होटल

नेपाल क्रिकेट संघ(क्यान)को कारबाहीमा परेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीहरुले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बहिष्कार गर्ने संकेत देखाएका छन् ।

आगामी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको बन्द प्रशिक्षणका लागि क्यानले घोषणा गरेको ३० सदस्यीय टोलीलाई शनिबार होटलमा रिपोर्टिङ गर्न भनेको थियो ।

आइतबारबाट सुरु हुने बन्द प्रशिक्षणका लागि शनिबार सबै खेलाडीलाई रिपोर्टिङ गर्न भनेपछि शनिबार साँझसम्म मल्लसहित कारबाहीमा परेका तत्कालिन उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले भने रिपोर्टिङ गरेका छैनन् ।

क्यानले अनुशासन उल्लंघन गरेको भन्दै चार जना खेलाडीमाथि गत मंसिर २९ गते कारबाही गरेको थियो। मल्ल र ऐरीलाई पदमुक्त गरेको क्यानले उनीहरुसँगै बाँकी दुई जनालाई ६ केन्द्रीय महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

कारबाहीमा परेका ४ खेलाडी नआएपनि क्यानले आइतबारबाट हुने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भने नरोक्ने जनाएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दसानायिकेको आगमनसँगै क्यानले पहिलोपटक सन्दीप लामिछानेको कप्तानीमा ३० सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

टोलीमा सन्दीपसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम र सन्दीप जोरा छन् ।

त्यसबाहेक अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकरशाहलाई टोलीमा स्थान दिइएको छ ।

ग्लोबल छनोट फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest