यी हुन् क्याम्प बहिष्कार गर्ने खेलाडी (नामावली)

नेपाली राष्ट्रिय क्रिकेट टोलीको आजबाट सुरु भएको बन्द प्रशिक्षण १४ खेलाडीले बहिष्कार गरेका छन् ।

आजबाट बन्द प्रशिक्षण सुरु भएपनि अनुशासनको कारबाहीमा परेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित १४ जना खेलाडीहरु बन्द प्रशिक्षणमा अनुपस्थित रहेका हुन्।

नवनियुक्त प्रशिक्षक पुबुदु दशानायकेसँगको परामर्शपछि क्यानले बन्द प्रशिक्षणका लागि ३० जना खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

सबै खेलाडीलाई शनिबार रातिसँग होटलमा रिपोर्टिङ गर्न भनेको थियो । तर कारबाहीमा परेका मल्ल सहित तत्कालिन उप कप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीप्रति ऐक्यबद्धता जनाउँदै बाँकी १० खेलाडी पनि अनुपस्थित भएका हुन् ।

बन्द प्रशिक्षणमा नपुग्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी, विनोद भण्डारी, रोहित कुमार पौडेल, कुशल भुर्तेल, बिक्रम शोब, करण केसी, सुशन भारी, सन्दीप जोरा, नन्दन यादव, अविनाश बोहोरा र कुशल मल्ल रहेका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest