क्यान र खेलाडीबीच सहमति: कप्तान सन्दीप नै, कारबाही फुकुवा हुने

नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका चार जना खेलाडीहरूबीच सहमति भएको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आइतबार भएको छलफलपछि कप्तानमा सन्दीप लामिछाने नै रहने गरि क्यान लचिलो भएर प्रस्तुत भएको छ।

क्यानले ४ जना खेलाडीहरुमाथि लगाएको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय फुकुवा गर्ने भएको छ। आगामी बोर्ड बैठकबाट उक्त प्रतिबन्ध फुकुवामा लैजाने चन्दले बताए।

यस्तै दुई पक्षबीच सहमति भएसँगै सोमबार बिहान ९ बजेसम्म सम्पूर्ण खेलाडी बन्द प्रशिक्षणमा सामेल हुनेछन्।

यसअघि क्यानले अनुशासन उलंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि कारबाही गरेको थियो।

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट पदमुक्त गरेको थियो भने उनीहरुसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

उक्त कारबाहीको विरोधमा १४ जना खेलाडीले आइतबार बन्द प्रशिक्षण बहिष्कार गरेका थिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest