यी हुन् आज बन्द प्रशिक्षणका लागि त्रिवि मैदान पुगेका र नपुगेका खेलाडी

ओमानमा आगामी महिना हुने आइसीसी टी–२० विश्वकपको छनोटका लागि सोमबारबाट नेपाली टोलीले त्रिवि क्रिकेट मैदानमा अभ्यास सुरु गर्यो ।

बन्द प्रशिक्षणमा बोलाइएका ३० जनामध्य १४ जना खेलाडीहरु अभ्यासमा पुगेका थिए ।

बाँकी १६ जना भने आज अनुपस्थित रहे ।

क्यानविरुद्ध बोलेको भन्दै चारजना खेलाडीहरुमाथि क्यानले अनुशासनको कारबाही गरेको थियो । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको क्यानले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट हटाएको छ ।

ती खेलाडीहरुमाथि ऐक्यवद्धता जनाउँदै १४ जना खेलाडीहरु बन्द प्रशिक्षणका लागि क्यानको सम्पर्कमा पुगेका थिएनन।

यद्दपी शनिबार ज्ञानेन्द्र मल्लसँग क्यानका पदाधिकारीहरु केन्द्रीय सम्झौताबाट ६ महिनाका लागि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने प्रतिवद्धता जनाएपछि बाँकी खेलाडीले पनि बन्द प्रशिक्षणमा उपस्थित हुने जनाएका थिए ।

तर सोमबार १४ खेलाडीले फिटनेस प्रशिक्षण गर्दा बाँकी खेलाडी उपस्थित थिएनन।

क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बाँकी खेलाडीहरु पीसीआर परीक्षणलगायत प्रक्रिया बाँकी रहेकाले अनुपस्थित भएका हुन् ।

बन्द प्रशिक्षणमा उपस्थित खेलाडीहरु

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेशपुलामी मगर र किशोर महतो

पीसीआर रिपोर्ट आउन बाँकी रहेर होटलमै रहेका खेलाडी

नन्दन यादव, हरिशंकर साह, विनोद भण्डारी, सुसन भारी र विक्रम सोब

बिरामी भएर होटलमै रहेका खेलाडी

सागर ढकाल

बन्द प्रशिक्षणमा नआएका र ६ बजेभित्र रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाएका खेलाडी
ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, सन्दीप जोरा, रोहित पाैडेल, करण केसी र कुशल भुर्तेल

कप्तान सन्दीप लामिछाने भने अहिले अस्ट्रेलियामा बिगबास लिग क्रिकेटमा व्यस्त छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest