बिगबासमा सन्दीपको दुई विकेट

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

होबार्ट हरिकेन्सबाट खेल्दै बुधबार भएको खेलमा सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध २ विकेट लिएका हुन् । सन्दीपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर २ विकेट लिएका थिए ।

सन्दीपले आफ्नो पहिलो ओभरमा नै हेनरी हन्टको विकेट लिएका थिए । यस्तै व्यक्तिगत अन्तिम ओभरमा सन्दीपले म्याट रेनशाको विकेट लिए ।

यद्दपी सन्दीपको टोली होबार्ट भने ७ विकेटले पराजित भएको छ । खेलमा होबार्टले दिएको १ सय २७ रनको सामान्य लक्ष्य एडिलेडले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

यस हारसँगै होबार्ट ९ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एडिलेड १३ अंक जोडेर छैटौं स्थान रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest