प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही पुस २६ गतेबाट सुरु हुने प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगिताको उद्घाटन दिन त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्ने छन्।

यस्तै सोही दिन बिहान मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाडिएको छ। समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ छन्।

समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।

प्रतियोगिताका सेमिफाइनल खेलहरु माघ ४ गते हुनेछन्। समूह एको विजेता र समूह बीको उपविजेता पहिलो सेमिफाइनल तथा समूह बीको विजेता र समूह एको उपविजेता दोस्रो सेमिफाइनल खेल्नेछन्।

माघ मा फाइनल खेल हुनेछ । यो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको पाँचौ संस्करण हो। यस अघिका चारै संस्करण एक दिवसिय शैलीमा आयोजना भएका थिए।

No description available.

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest