अष्ट्रेलियाको बिगबास क्रिकेटमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लगातार उत्कृष्ट प्रदर्शन गरेका छन्।
अघिल्लो खेलमा होबार्ट हुरिकेन्सबाट खेल्दै २ विकेट लिएका सन्दीपले आज भएको ब्रिसबेन हिटविरुद्धको खेलमा पनि २ विकेट लिएका हुन।
उनले चार ओभरमा २३ रनमात्रै खर्चिए । योसँगै सन्दीपले बिगबास लिगको १० खेलमा १० विकेट लिइसकेका छन् ।
सन्दीपको उत्कृष्ट प्रदर्शसँगै होबार्टले ब्रिसबेन हिटलाई ८ विकेटले पराजित गरेको थियो ।
ब्रिसबेनले दिएको १ सय ४५ रनको लक्ष्य होबार्टले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
होबार्टको जितमा बेन म्याकडेरमोटले ९३ तथा पिटर ह्यान्ड्सकम्पले अविजित २७ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।
ब्रिसबेनका डेसमोन्ड फेफरले ६९ र विल प्रेस्टविजले २१ रन जोडेका थिए ।
यस जितसँगै होबार्ट २० अंक जोडेर चौंथो स्थानमा रहेको छ । ब्रिसबेन १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।