पीएम कप: करण केसीलाई समेट्दै पुलिसले घोषणा गर्‍यो यस्तो टोली

प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर करण केसीलाई समेट्दै नेपाल पुलिस क्लबले आफ्नो टोली घोषणा गरेको छ ।

पुलिसले घोषणा गरेको टोलीमा अधिकांश राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी छन् । अघिल्लो वर्ष आर्मी र एपीएफबाट खेलेका करणले यसपल्ट पुलिसबाट खेल्न लागेका हुन्।

पुलिसको टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुलशन झा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

पीएम कप पुस २६ देखि ५ गते सम्म त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ । पुलिसले पहिलो दिननै सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ।

घोषित पुलिसको टोली यस्तो छ-

आरिफ शेख, पवन सरार्फ, सागर ढकाल, करण केसी, गुलशन झा, अनिल शाह, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, शंकर राना, राशिद खान, दीलिप नाथ, मञ्जित श्रेष्ठ र अमित श्रेष्ठ ।

प्रशिक्षक – मनोज कटुवाल

व्यवस्थापक – चित्र विष्ट

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest