पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल रहेका छन् । टोलीका अन्य सदस्यहरुमा खडक बोहरा, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, वशन्त कार्की, अर्जुन साउँद, दिपक टमटा र कैलाश ऐर रहेका छन् ।

यस्तै नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २६ गतेदेखि काठमाडौँमा हुँदैछ । सुदूरपश्चिमले पहिलो खेल पुस २६ गते नेपाल पुलिस क्लबसँग खेल्दैछ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest