आजबाट सुरु भएको प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबबाट ९४ रनको सामान्य लक्ष्य पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रनमात्रै जोड्न सक्यो ।
पुलिसका कुशल भुर्तेलले २१, पवन सर्राफ २०, आरिफ सेखले १०. योगेन्द्रसिंह कार्कीले ९ रन जोडे ।
दीपेन्द्रसिंह ऐरी ७, अनिल साह ५, करण केसी २ र दीलिप नाथ १ रनमै आउट भए ।
सुदूरपश्चिमका आदित्य महता र नारायण जोशीले समान ३-३ विकेट लिए । आदित्यले ३ ओभरमा ९ रन खर्चिए । यस्तै नारायणले ४ ओभरमा १८ रन खर्चे ।
यस्तै शेर मल्लले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए ।