रोमाञ्चक खेलमा पुलिसले सुदूरपश्चिमलाई २ रनले हरायो , आरिफको उत्कृष्ट प्रदर्शन

आजबाट सुरु भएको प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो रोमान्चक खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको छ ।

९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनमात्रै जोड्न सक्यो ।

सुदूरका गजेन्द्र बोहराले २७, नारायण जोशीले २२, खड्क बोहराले १३ बाहेक अन्यले दोहोरो रन अंक जोड्न सकेनन् ।

पुलिसका आरिफ सेखले उत्कृष्ट बलिङ गरे । ४ ओभरमा उनले ९ रनमात्रै खर्चेर ४ विकेट लिए । यस्तै करण केसीले ४ ओभरमा ८ रनमात्रै खर्चेर १ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र रासिद खानले पनि १-१ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रनमात्रै जोड्न सक्यो ।

पुलिसका कुशल भुर्तेलले २१, पवन सर्राफ २०, आरिफ सेखले १०. योगेन्द्रसिंह कार्कीले ९ रन जोडे ।

दीपेन्द्रसिंह ऐरी ७, अनिल साह ५, करण केसी २ र दीलिप नाथ १ रनमै आउट भए ।

सुदूरपश्चिमका आदित्य महता र नारायण जोशीले समान ३-३ विकेट लिए । आदित्यले ३ ओभरमा ९ रन खर्चिए । यस्तै नारायणले ४ ओभरमा १८ रन खर्चे ।

यस्तै शेर मल्लले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest