पीएम कप: आर्मीको विजयी सुरुवात

प्रधानमन्त्री कप(पीएम) टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले सुखद सुरुवात गर्‍यो ।

आर्मीले दिएको ११७ रनको लक्ष्य पछ्याएको कर्णालीले १४.४ ओभरमा सबै विकेट गुमाएर ५३ रनमै समेटिएको थियो ।

कर्णालीका रविन्द्र शाहीले १५ र अर्जुन घर्तीले १६ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखियाले ४ तथा सुसन भारी र सहाब आलामले समान २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो।

आर्मीका कप्तान विनोद भण्डारीले २९, हरि चौहानले २० र रोहित पौडेल र कुशल मल्लले १०-१० रन जोडे ।

कर्णालीका प्रकाश जैसीले ३, अनुज चुनाराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले समान १-१ विकेट लिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest