पीएम कप: बागमतीले लुम्बिनीलाई हरायो, ज्ञानेन्द्रको फिक्का प्रदर्शन

काठमाडौंमा जारी प्रधानमन्त्री कप(पीएम) टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो ।

लुम्बिनीका कप्तान कृष्ण कार्कीले १६, बसिर अहमदले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।

बागमतीका लागि नन्दन यादवले ३ तथा रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोडेको थियो ।

बागमतीका सुवास खुकुरेलले ५१ तथा कप्तान ज्ञानेन्द्र मल्लले १९ रन जोडे । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest