आसिफको अर्धशतकमा एपीएफको जित

काठमाडौंमा जारी पीएम कपमा नेपाल एपीएफ क्लबले प्रदेश २ लाई २४ रनले पराजित गरेको छ ।

एपीएफले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमात्रै जोड्न सक्यो ।

प्रदेश २ का हरिशंकर साहले ३६, मोहम्मद आदिल आलमले ३५ रनको योगदान दिएपनि अन्य ब्याट्सम्यानले साथ दिएनन ।

एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुई–दुई विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो ।

एपीएफका लागि आसिफ शेखले ४५ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६३ रन जोडे । यस्तै प्रदीप ऐरीले ४८ बलमा ६० रन जोडे । उनले ९ चौका प्रहार गरेका थिए ।

प्रदेश २ का लागि रितेश सिंहले सर्वाधिक चार तथा विवेक यादवले एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest