पीएम कप : करण केसी चम्किएपछि आर्मीमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि ४ विकेटको जित हात पारेको छ ।

सोमबार भएको खेलमा आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर १८ ओभरमा भेट्टाएको थियो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ३५ रन बनाए । २२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै उसका रासिद खानले १९ बलाम ४ चौका र एक छक्कासहित २८, विकेटकिपर दीलिप नाथले २५ बलमा २ चौका र १ छक्कासहित २५ तथा अनिल साहले २२ रन जोेडे ।

आर्मीका सहाब आलमले ३ तथा जितेन्द्र मुखिाले २ विकेट लिए । सहाबले ४ ओभरमा १६ रनमात्रै खर्चिए । जितेन्द्रले ४ ओभरमा २७ रन खर्चिएका थिए ।

कुशल मल्लले २ ओभरमा १ ओभर मेडन राख्दै १३ रन खर्चिएर १ विकेट लिए भने सोमपाल कामीले कुनै किेट लिन सकेनन । सोमपालले २ ओभरमा १९ रन खर्चिदै महँगो साबित भएका थिए ।

त्यसअघि आर्मीका कप्तान विनोद भण्डारीले ४४ र सोमपाल कामीले ४२ रन जोडेपछि उसले एक बल बाँकी रहँदा सबै विकेट गुमाएर १३७ रन बनाएको थियो ।

बिनोदले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । सोमपालले ३६ बलमा ६ चौका प्रहार गरेका थिए । त्यसबाहेक कुशल मल्लले १२ बाहेक आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।

पुलिसका करण केसीले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट लिए । त्यसबाहेक गुल्सन झा र योगेन्द्रसिंह कार्कीले समान २ तथा आरिफ सेख र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest