पीएम कपः कर्णालीले प्रदेश १ लाई हरायो

काठमाडौंमा जारी प्रधानमन्त्री कप(पीएम) एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश १ माथि ३१ रनको जित हात पारेको छ ।

सोमबार भएको खेलमा कर्णालीले दिएको १२१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७.५ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै समेटियो ।

प्रदेश १ का फिर्दोष अन्सारीले २३, दीपेश कँडेल र श्रवण यादवले समान १५, सिद्धान्त लोहनीले १४ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन ।

कर्णालीका अनुज चुनाराले ३.५ ओभरमा १६ रनमात्रै खर्चेर ४ विकेट लिए । यस्तै दिने अधिकारी, प्रकाश जैसी र अनुप कुवँरले समान एक एक तथा दिवान पुनले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिगको निम्तो पाएको कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३६, प्रकाश जैसीले २५ र राज शाहले २५ रन जोडेपछि टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो ।

प्रदेश एकका मुकुन्द यादवले ३ तथा फिर्दोष अन्सारीले २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest