लोकेशको बिस्फोटक अर्धशतक, एपीएफको लगातार दोस्रो जित

लोकेश बमको बिस्फोटक अर्धशतक मद्दतमा नेपाल एपीएफ क्लबले काठमाडौंमा जारी पीएम कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । एपीएफका लोकेश बम ५० रनको अर्धशतकीय इनिङ्स खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २४ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए ।

यस्तै एपीएफका प्रदिप ऐरीले ३६ रन जोडे । बागमतीका लागि प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनको बनाएको थियो ।

बागमतीका लागि इशान पाण्डेले २९, नन्दन यादवले २४, सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।

एपीएफका लागि अविनास बोहराले चार विकेट तथा कमलसिंह ऐरीले दुई विकेट लिए ।

जितसँगै एपीएफ दुई खेलबाट ४ अंक जोड्दै समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि सोमबार आफ्नो पहिलो खेलमा एपीएफले प्रदेश २ लाई २४ रनको पराजित गरेको थियो ।

बागमती र प्रदेश २ को समान दुई–दुई अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest