पीएम कप: प्रदेश २ को पहिलो जित

काठमाडौंमा जारी पीएम कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको छ ।

१ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।

प्रदेश २ हसिम अन्सारीले २६, सन्तोष कार्कीले २३, हरीकृष्ण झाले १७ रन बनाए । गण्डकीका कृष्ण पौडेलले ३ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो ।

अर्जुन कुमालले ४१ र सन्दीप क्षेत्रीले २७ रन जोडे । प्रदेश २ का आदिल आलमले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest