होबार्टको जितमा सन्दीपको २ विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएको बीग बास लिग (बीबीएल) को खेलमा उनको टोली होबार्ट हरिकेन्सले सिड्नी थर्डसलाई पराजित गरेको छ ।

बिहीबार भएको खेलमा सिड्नी थन्डर्समाथि होबार्टले ९ रनको जित हात पारेको हो ।

होबार्टको जितमा नेपाली कप्तान सन्दीपले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिएका थिए ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १ सय ६८ रन मात्र जोड्न सक्यो ।

सिड्नीका लागि अलेक्स हेल्सले १७ बलमा ७ चौका र एक छक्कासहित ३८ रन जोडेका थिए ।

त्यसअघि होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ७७ रन बनाएको थियो ।

उसका कप्तान म्याथ्यू वाडेले ८३ र कावेल जेवेलले ५१ रनको जोडे । सिड्नीका गुरिन्दर सान्धुले सर्वाधिक २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest