पीएम कप : अपराजित रहँदै एपीएफ सेमिफाइनलमा

अपराजित रहँदै नेपाल एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले शुक्रबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

एपीएफ समूह बी को विजेता बनेको हो । १ सय ५ रनको लक्ष्य पछ्याएको एपीएफले ११ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

एपीएफका लागि ओपनर आसिफ शेखले २६ बलमा ४ चौका र ३ छक्कासहित ४३ जोडे । यस्तै प्रदीप ऐरी २० बलमा २ चौका र ४ छक्कासहित ३६ जोडे ।

लुम्बिनी प्रदेशका स्पिनर बशिर अहमदले २ सिद्धान्त शाहीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो ।

लुम्बिनीका ओपनर देव खनालले ४२ बलमा ५ चौका र १ छक्कासहित ४३ रनको योगदान दिए । सुशान्त थापा १८ र कृष्ण कार्की १३ रनमा आउट भए ।

एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अभिनाश बोहरा र दीपक बोहराले २–२ विकेट लिए ।

अब एपिएफले माघ ४ गते समूह ए को उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest