बागमतीको जितमा प्रतिश नायक

प्रतिश जिसीले खेलको अन्त्यतिर बिस्फोटक ब्याटिङ गरेपछि बागमती प्रदेशले आज भएको प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई ५ विकेटले पराजित गरेको छ ।

योसँगै बागमतीले तीन मध्ये दुई खेल जित्दै चार अंक जोडेको छ । उसले सेमिफाइनल सम्भावना समेत बलियो बनाएको छ ।

१ सय ५६ रनको लक्ष्य बागमतीले अन्तिम दुई बल बाँकी रहदा ५ विकेट गुमाएर पुरा गर्यो । बागमतीका लागि लक्की कठायतले २८ रन जोडे ।

यस्तै प्रतिस जिसीले ७ बलमा ३ छक्कासहित २२ रन जोड्दै टोलीका लागि महत्वपूर्ण योगदान दिए ।

टोलीमा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २०–२० रन थपे ।

प्रदेश २ का लागि जितेन्द्र यादवले दुई तथा पार्थिक यादव, हरिशंकर साह र विवेक यादवले एक–एक विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५५ रन जोड्यो ।

प्रदेश २ का लागि हरिशंकर साहले ५६, विवेक यादवले २८ र कप्तान हसिम अन्सारी २६ रन जोडे ।

बागमतीका लागि रिजन ढकाल र विपिन आचार्यले समान दुई–दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest