कोरोनाको आशंकापछि पीएम कपको खेल स्थगित

काठमाडौंमा जारी प्रधानमन्त्री कप अन्तर्गत शनिबारका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाकाबीच स्थगित गरिएको छ ।

प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

अब खेलाडीको कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निर्णय लिइने क्यानले जनाएको छ ।

पुलिस आफ्नो समूह ‘ए’ मा अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ । उसको ससेमिफाइनलको सम्भावना जीवितै छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest