गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै बागमती प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह बी अन्तर्गत शनिबार भएको खेलमा बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा ९ विकेट गुमाएर १०३ रनमै समेटियो ।

गण्डकीका विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र विशाल पौडेलले समान १०–१० रनबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन।

बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २–२ विकेट तथा प्रतिश जि.सी, रामनरेश गिरी र रिजन ढकालले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो ।

बागमतीका प्रतिश जि.सी.ले ८ बलमा ३ छक्का र २ चौकासहित आक्रामक २७ रन जोडे ।

त्यसबाहेक विपिन आचार्यले १९ बलमा ३ चौकासहित सर्वाधिक ३० तथा ओपनर सुवास खकुरेल ३० बलमा २ चौका र १ छक्कासहित २७ रन थपे ।

गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले २–२ विकेट लिए ।

समूह बी बाट एपिएफ ४ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगि सकेको छ । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

एपिएफले समूह ए को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest