यू–१९ विश्वकप – अष्ट्रेलिया र श्रीलंकाको विजयी सुरुवात

आइसीसी यू–१९ विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

अष्ट्रेलियाले आयोजक वेस्टइन्डिजलाई ६ विकेटले हराएको हो भने श्रीलंकाले स्कटल्याण्डलाई ४० रनले पराजित गरेको हो ।

वेस्टइन्डिज ४०.१ ओभरमा सबै विकेट गुमाएको १ सय ६९ रन अष्ट्रेलियाले ३१ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टाएको थियो ।

अष्ट्रेलिया जितमा टिग वाइली १ सय २९ बलमा ८ चौकासहित ८६ रन तथा नेभिथन राधार्किसनले ३१ रन बनाए ।

वेस्टइन्डिजका कप्तान अकिम अगष्टेले ६७ बलमा ८ चौकासहित ६७ रन बनाएका थिए । यस्तै विकेटकिपर रिभाल्डे क्लार्क ३७ र म्याकेनी क्लार्कले २९ रन थपे ।

अष्ट्रेलियाले १७ जनवरीमा श्रीलंकासँग खेल्नेछ । वेस्टइन्डिजले त्यसै दिन स्कटल्यान्डसँग खेल्नेछ ।

यता अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४५.२ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

उसका सकुना लियानागेले ८५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ८५ रन, रविन डि सिल्भाले ३० र चामिन्दु विक्रमसिंधेले २८ रन बनाए ।

स्कटल्यान्डका सेन फिशर केओगले सर्वाधिक तीन विकेट लिए ।

जवाफी ब्याटिङमा स्टल्याण्ड ४८.४ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा समेटियो । उसका ज्याक जोर्भिसले ५५, थोमस माकिनटोसले १९ तथा चार्ली टियरले १७ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest