विराट कोहलीले भारतीय टेष्ट कप्तानीबाट दिए राजीनामा

दक्षिण अफ्रिकासँगको टेष्ट सिरिजमा २-१ को हार ब्यहोरे लगत्तै भारतिय क्रीकेटर विराट कोहलीले टेष्ट टोलीको कप्तानीबाट राजिनामा दिएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कोहलीले कप्तानी छाडेको घोषणा गरेका हुन् ।

राजीनामा पत्रमा उनले पछिल्लो ७ वर्ष इमान्दारिताका साथ टोलीलाई नयाँ उचाइ दिने प्रयास गरेको र त्यसका लागि कुनै कसुर बाँकी नराखेको उल्लेख गरेका छन ।

आफ्नो यात्रामा उतारचढाव रहेको बताउँदै उनले आफ्नो कप्तानी छोड्ने फैसलामा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

विराट कोहलीको उक्त फैसलालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले स्वागत गरेको छ ।

कोहलीले ६८ टेस्ट म्याचमा भारतीय टोलीको कप्तानी गरेका थिए । जसमध्ये ४० खेलमा भारतले जित हात पारेको थियो । १७ खेलमा पराजित भएका थिए भने ११ खेल बराबरीमा सकिएको थियो ।

कोहलीले यसअघि नै टी-२० र एकदिवसीय कप्तानी छोडिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest