एकजना खेलाडीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि स्थगित खेल सोमबार हुने भएको छ ।
नेपाल क्रिकेट संघका अनुसार प्रधानमन्त्री (पीएम)कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीचको स्थगित खेल सोमबार हुने भएको छ ।
पुलिस र प्रदेश १ बीचको शनिबार हुने तय भएको खेल प्रदेश १ का खेलाडीमा कोभिड-१९ को आशंका भएपछि स्थगित गरिएको थियो ।
परीक्षणपछि एकजना खेलाडीमा संक्रमण समेत देखिएको थियो ।
समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।