एसेज सिरिज ४-० ले अष्ट्रेलियाको पक्षमा

एसेज सिरिज अन्तर्गतको अन्तिम तथा पाँचौ टेस्टमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ४६ रनले पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा जित निकालेसँगै अष्ट्रेलियाले सिरिज ४-० ले आफ्नो पक्षमा पारेको छ ।

२ सय ७१ रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्ड दोस्रो इनिङ्समा १ सय २४ रनमै समेटिएपछि खेलमा अष्ट्रेलियाले सहज जित निकाल्यो ।

इंग्ल्यान्डका ज्याक क्रलीले ३६, रोरी ब्रुन्सले २६ बाहेक अन्यको प्रदर्शन सम्भन लायक रहेन । इंग्ल्यान्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका पाट कमिन्स,स्कट बोलाण्ड र क्यामरुन ग्रीनले ३/३ विकेट लिए ।

यस अघि इंग्ल्यान्डले पहिलो इनिङ्समा १ सय ८८ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले ३०३ रन जोड्यो ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाले १ सय ५५ रन जोडेपछि इंल्याण्डले पाएको २७१ रनको लक्ष्य समेत भेटाउन सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest