प्रधानमन्त्री(पीएम) कप टी–२० प्रतियोगितामा उत्कृष्ट लयमा रहेको नेपाल पुलिस क्लबले लगातार चौंथो जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा सोमबार पुलिसले प्रदेश १ लाई ६ विकेटले हराउँदै पुलिसले चौथो जित हात पारेको हो ।
समूह ए मा पुलिसले चारवटै खेल जितेर ८ अंक सहित समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो ।
प्रदेश १ ले दिएको १ सय २ रनको लक्ष्य पुलिसले १३.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो ।
पुलिसका लागि कुशल भुर्तेलले ४४ रन जोडे । उनले २८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।
यस्त अनिल साहले २४ बलमा २६ तथा दीपेन्द्र सिह ऐरीले २० रन जोडे ।
प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको थियो ।
प्रदेश १ का मिनास थापाले ५९, श्रवण यादवले १० रन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा जोड्न सकेनन ।
पुलिसकातर्फबाट आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र मञ्जीत श्रेष्ठले समान २–२ विकेट लिए ।
करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।