अष्ट्रेलियामा आगामी अक्टोबरमा हुने टी-२० विश्वकपको सुपर १२ मै भारत र पाकिस्तान भिड्ने भएका छन् ।
आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार साविक विजेता अष्ट्रेलियाले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्नेछ ।
अक्टोबर २६ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नामिबिया भिड्नेछन् । पहिलो राउण्डको खेल सकिएपछि अक्टोबर २२ बाट सुपर १२ राउण्ड सुरु हुनेछ ।
जसको पहिलो खेल नै अष्ट्रेलिया र न्यूजिल्याण्डबीच हुनेछ । सोहीदिन इंग्ल्याण्ड र अफगानिस्तान आमनेसामने हुनेछन् ।
सुपर १२ को दोस्रो दिन अक्टोबर २३ मा भारत र पाकिस्तान एक अर्कासँग भिड्नेछन् ।
सम्पूर्ण खेल तालिका