आइपीएलमा कुन टोलीले कसलाई कतिमा रिटेन गरे? को सँग कति पैसा बाँकी? (विस्तृतमा)

इन्डियन प्रिमियर लिग(आइपीएल)को अक्सन आगामी फ्रेब्रुअरीमा हुँदैछ। उक्त मेगा अक्सनका लागि दर्ता भएका १२ सय बढी खेलाडीलाई सर्ट लिस्ट गरेर १० टोलीले बोली लगाउनेछन्।

यसपल्ट अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

क्यानका अनुसार यसपल्ट यसपल्ट सन्दीपसहित पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, अविनाश बोहरा, शरद भेषावकर, विनोद भण्डारी, कुशल मल्ल,करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका छन् ।

अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । त्यसअघि नै विभिन्न टोलीले खेलाडीहरु रिटेन गरिसकेका छन् । नयाँ थपिएको टोली अहमदावादले हार्दिक पाण्ड्या र रासिद खानलाई १५-१५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै शुभमन गिललाई ८ करोडमा आफूसँग राखेको छ । टोलीसँग बाँकी खेलाडीका लागि ५२ करोड बाहेक छ ।

चेन्नाईले रविन्द्र जडेजालाई १६, एमएस धोनीलाई १२, मोइन अलीलाई ८ र ऋतुराज गोकवाडलाई ६ करोडमा रिटेन गरेको छ । टोलीसँग ४८ करोड बाँकी छ ।

यस्तै दिल्ली क्यापिटल्सले ऋषभ पन्तलाई १६, अक्षर पटेललाई ९, पृथ्वी शालाई ७.५, अनरिच नोर्टिजलाई ६.५ करोडमा भित्र्याएको छ । टोलीसँग ४७.५० करोड बाँकी छ ।

यस्तै कोलकत्ता नाइट राइडर्सले आन्द्रे रसेललाई १२, वैंकटे्स ऐयरलाई ८, वरुण चक्रवर्तीलाई ८ र सुनिल नारायणलाई ६ करोड भारुमा भित्र्याएको छ । टोलीसँग ४८ करोड बाँकी छ ।

बाँकी टोलीले रिटेन गरेका खेलाडी तथा बाँकी रहेको पैसा तलको तालिकाबाट हर्न सकिन्छ-

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest