अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीलाई आईसीसी क्रिकेटर अफ दि इयरको अवार्ड प्रदान गरेको छ ।
फास्ट बलर अफ्रिदी आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड जित्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन् ।
अफ्रिदीले २०२१ मा ३६ अन्तराष्ट्रिय खेलमा ७८ विकेट लिएका थिए । उनको औषत २२.२० को थियो ।
अघिल्लो वर्ष भएको आइसीसी टी-२० विश्वकपका ७ खेलमा उनले ६ विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शन मद्दतमा पाकिस्तान सेमिफाइनलमा पुगेको थियो ।
यस्तै अन्य विधाका विजेता निम्नअनुसार रहे-
ओडीआई प्लेयर अफ दि इयर- बाबर आजम (पाकिस्तान)
आइसीसी महिला टी २० आई क्रिकेटर अफ द इयर – ट्यामी बुइमाउन (इंग्ल्याण्ड)
वर्षको उदीयमान क्रिकेटर – जन्नीमन मलान (दक्षिण अफ्रिका)
वर्षको महिला उदीयमान क्रिकेटर – फतिमा साना (पाकिस्तान)
वर्षको उत्कृष्ट एशोसियट क्रिकेटर – जिसम मक्सुद (ओमन)
वर्षको उत्कृष्ट एशोसियट महिला क्रिकेटर – आन्द्रे मिय जिपिडा (अष्ट्रिया)