उपकप्तान सीताको वरीयता खस्कियो

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सिता राना मगरको आईसीसी टी-ट्वान्टी ब्याटिङ वरीयता खस्किएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा सीता एक स्थान तल झरेकी छिन् ।

नयाँ वरीयतामा सिता ५२ औं स्थानमा छिन् । अघिल्लो वरीयतामा सिता ५१ औं स्थानमा थिइन् ।

सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् । ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा रहेकी छिन्।

अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, अष्ट्रेलियाकी मेग लानीङ तेस्रो, भारतकी स्मृति मन्धाना चौंथो र न्युजिल्याण्डकी सोफि डिभाइन पाँचौ स्थानमा रहेकी छिन् ।

आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १७ औं स्थानमा रहेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest