भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) र पूर्वकप्तान विराट कोहलीबीचको विवाद बढ्दै गएको छ ।
गत सेप्टेम्बरमा विराटले भारतको टी-२० कप्तानबाट राजीनामा दिएका थिए । त्यसपछि बीसीसीआईले विराटलाई वानडे कप्तानीबाट पनि हट्यो र दुबै फर्म्याटको कप्तानी रोहित शर्मालाई सुम्पिएको थियो ।
त्यसपछि विराटले टेस्ट टोलीको कप्तानी समेत छोडेका थिए ।
यसबीच बीसीसीआईले भनेको थियो विराटलाई वानडेको कप्तानी हटाउनु २४ घण्टा अघि राजीनामा दिन भनिएको थियो । तर विराटले राजीनामा नदिएपछि बीसीसीआईले उनलाई हटाएको हो ।
सोहीबेला बीसीसीआई अध्यक्ष समेत रहेका सौरभ गांगुलीले टी-२० कप्तानी नछोड्न विराटलाई भन्दाभन्दै पनि उनले छोडेको बताएका थिए ।
यता पत्रकार सम्मेलनमा विराट कोहलीले भने उक्त कुरा अस्वीकार गरेका थिए । त्यसपछि बीसीसीआई र विराट कोहलीबीचको सम्बन्ध राम्रो नभएको मान्दै आइएको छ ।
यहीबीच पूर्वकप्तान कपिल देवले दुवै पक्षलाई आपसी समझदारीबाट समस्या समाधानका लागि सुझाव दिएका छन् ।
बीसीसीआईसँगको मनमुटावका कारण कप्तानी छोडेपनि विराट सानदार खेलाडी भएकाले उनले आफ्नो खेललाई निरन्तरता दिनुपर्ने कपिल देवको सुझाव छ ।