विराट कोहलीको स्थानमा को बन्नेछन् आरसीबीको कप्तान?

आईपीएलको मेगा अक्स आउदा केही दिन बाँकी रहँदा रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)को नयाँ कप्तान को हुनेछ भन्ने चर्चा सुरु भएको छ ।

विराट कोहलीले आरसीबीको कप्तानी छोडिसकेका छन् । उनको स्थान कसले लिनेछन् भन्ने चासो सबैलाई छ ।

अघिल्लो वर्ष नै कोहलीले आरसीबीको कप्तानी छोड्ने बताइसकेका थिए । उनकाे कप्तानीमा आरसीबीले एउटा पनि उपाधि जित्न सकेको छैन ।

भारतका पूर्व क्रिकेटर तथा कमेंन्टेटर आकाश चोपडाले अब आरसीबीको कप्तानी वेस्ट इण्डिजका जेसन होल्डरले गर्न सक्ने बताएका छन् । उनी बलिङसँगसँगै ब्याटिङ पनि गर्ने र वेस्टइण्डिज टोलीको समेत कप्तान रहिसकेको धारणा चोपडाले राखेका छन् ।

होल्डर आफ्नो शान्त स्वभावका लागि चिनिने गर्छन । उनी मैदानमा पनि धैर्यपूर्वक निर्णयहरु लिने गर्छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest