वेस्टइण्डिजविरुद्ध हुने वनडे और टी-२० क्रिकेट शृंखलाको लागि भारतको १८ सदस्यीय टोली घोषणा भएको छ । कप्तान रोहित शर्मा चोटपछि टोलीमा फर्किएका छन् ।
ह्याम्ट्रिङ चोटका कारण यसअघि भएको दक्षिण अफ्रिका टूरमा नरहेका रोहितले टोलीमा पुनरामगन गरेका हुन् ।
टोलीबाट स्पिनर रविचन्द्रन आश्विन बाहिर भएका छन् । यस्तै जसप्रित बुमराह र मोहम्मद शमीलाई आराम दिइएको छ ।
कुलदीप यादवले टोलीमा पुनरागमन गरेका छन् । त्यसबाहेक तीव्र गतिका बलर आवेश खान र हर्षल पटेललाई पनि भारतले टोलीमा समेटेको छ ।
तीनै ओडिआई खेल अहमदाबाद र तीन टि–२०खेल कोलकतामा हुनेतालिका रहेको छ ।
भारतको ओडिआईमा रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, शिखर धवन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, दीपक हुडा, ऋषभ पन्त (विकेटकिपर), दीपक चाहर, शार्दुल ठाकुर, युजभेन्द्र चहल, कुलदीप यादव, वासिन्टन सुन्दर, रवि विश्रोई, मोहम्मद शिराज, प्रसिद्ध कृष्ण र आवेश खान रहेका छन् ।
यस्तै भारतको टि–२० टोलीमा रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ईशान किशन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, ऋषभ पन्त (विकेटकिपर), वेंकटेश ऐर, दीपक चाहर, शार्दुल ठाकुर, रवि विश्रोई, अक्षर पटेल, युजभेन्द्र चहल, वासिन्टन सुन्दर, मोहम्मद शिराज, भुवनेश्वर कुमार, आवेश खान र हर्षल पटेल छन् ।