नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२२ को नयाँ केन्द्रीय सम्झौताका लागि खेलाडीको नयाँ बर्गिकरण सार्वजनिक गरेको छ।
रुपन्देहीमा बिहीबार बसेको क्यानको बोर्ड बैठकले महिला र पुरुष दुवै तर्फका १८-१८ जना खेलाडीलाई बर्गिकरणमा राखेको हो।
पुरुषतर्फ
ग्रेड ए- सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी ।
ग्रेड बी- कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी ।
ग्रेड सी- कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ ।
महिलातर्फ
ग्रेड ए- रुविना क्षत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ।
ग्रेड बी- सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे ।
समूह सी- डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल ।