सोमपालसहित तीन खेलाडीको ग्रेड बढुवा

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी वर्ष २०२२ को केद्रीय खेलाडी सम्झौताका तीन खेलाडीको खेलाडीको ग्रेड बढुवा गरेको छ ।

अलराउन्डर सोमपाल कामी ग्रेड बी बाट ए मा बढुवा भएका छन् भने आसिफ शेख र कुशल भुर्तेलको ग्रेड बीमा बढुवा भएका हुन। यस्तै विक्रम सोब पहिलो पटक सी ग्रेडमा परेका छन।

क्यानको भैरहवामा बिहीबार बसेको बोर्ड बैठकले महिला र पुरुष दुवै तर्फका १८-१८ जना खेलाडीलाई बर्गिकरणमा राखेको हो।

बर्गिकरणमा परेका खेलाडीहरु-

पुरुषतर्फ

ग्रेड ए- सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी ।

ग्रेड बी- कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी ।

ग्रेड सी- कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ ।

महिलातर्फ

ग्रेड ए- रुविना क्षत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ।

ग्रेड बी- सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे ।

समूह सी- डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल ।

कति रकम पाउँछन्?

बर्गिकरणमा परेका ए ग्रेडका पुरुष खेलाडीले ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्नेछन।

यस्तै महिलातर्फ ए ग्रेडमा रहेका खेलाडीले मासिक १५ बी ले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजारले प्राप्त गर्नेछन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest