इंग्ल्याण्ड र वेस्टइण्डिजबीचको शृंखला रोचक मोड

पाँच टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलामा २–२ को बराबरी भएपछि इंग्ल्याण्ड र वेस्टइण्डिजबीच जारी शृंखला रोमाञ्चक मोडमा पुगेको छ ।

शनिबार भएको चौथो खेल इंग्ल्याण्डले ३४ रनले जितसँगै शृंखलामा बराबरी भएको हो ।

इंग्ल्याण्डले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रनमा समेटिएको थियो ।

वेस्टइन्डिजका ओपनर काइल मेयर्सले २३ बलमा २ चौका र ४ छक्कासहित ४० रन बनाए ।

यस्तै ब्रेन्डन किङ २६, निकोलस पुरन २२ र जेसन होल्डरले ३६ रन थपे ।

इंग्ल्यान्डका मोईन अलीले ४ ओभरमा २८ रन खर्चेर २ तथा रोस टोपली, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो ।

उसका मोइन अलीले २८ बलमा १ चौका र ७ छक्कासहित ६३ रनको विजयी पारी खेल्नुभयो ।

त्यसबाहेक ओपनर जेसन रोय ४२ बलमा ५ चौका र ३ छक्कासहित ५२, जेम्स भिन्स ३४, लियाम लिभिङस्टोन १६ र साम विलिंग्सले १३ रन थप्नुभयो ।

वेस्टइन्डिजका जेसन होल्डरले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए ।

अब पाँचौं तथा निर्णायक खेल सोमबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest