एक खेल अगावै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय खेलको श्रृंखलामा आफ्नो पक्षमा पारेको छ ।
अहमदाबादमा बुधबार भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखला २-० ले जितेको हो । यसअघि भएको पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो ।
दोस्रो ओडिआईमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वेस्ट इन्डिजले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रनमा समेटियो ।
वेस्ट इन्डिजका लागि शम्राह ब्रुक्सले सर्वाधिक ४४, अकिल होसेनले ३४, शाइ होपले २७ र ओडिन सिथले २४ रन जोडे ।
भारतका प्रसिद्ध कृष्णले ४ तथा शार्दुल ठाकुरले २ विकेट लिए ।
त्यसअघि भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुएर २ सय ३७ रन बनाएको थियो ।
भारतका सूर्यकुमार यादवले ६४, केएल राहुलले ४९, दिपक होडाले २९, वासिङ्गटन सुन्दरले २४ र विराट कोहली र ऋषव पन्तले समान १८-१८ रन थपे ।
वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले २/२ विकेट लिएका थिए ।
अब तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।