श्रीलंकामाथि भारतको सहज जित

श्रीलंकामाथि भारतले ६२ रनको सहज जित हात पारेको छ ।

योसँगै तीन खेलको टी-२० सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

बिहीबार लखनउमा भएको खेलमा भारतले दिएको २ सय रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रनमै समेटियो ।

श्रीलंकाका चरिथ असंलका ४७ बलमा ५ चौकासहित सर्वाधिक ५३ बाहेक जोडे । यस्तै दुश्मन्था चामिराले २४, चामिका करुणारत्ने २१ बाहेक अन्यको सम्झन लायक प्रदर्शन रहेन ।

भारतका भुवनेश्वर कुमारले २ ओभरमा ९ रन खर्चेर २ तथा वेंकटेश ऐरले ३ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि इसान किसनले सानदार ब्याटिङ गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

किसनले ५६ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८९ रनको पारी खेले । त्यसबाहेक श्रेयस ऐर २८ बलमा ५ चौका र २ छक्कासहित ५७ थपे ।

कप्तान रोहित शर्माले पनि ४४ रनको पारी खेलेपछि भारत उक्त स्कोरमा पुगेको हो ।

श्रीलंका लाहिरु कुमारा र दासुन शनकाले १–१ विकेट लिए । अब दोस्रो खेल शनिबार धर्मशालामा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest