श्रीलंकामाथि भारतको सानदार जित

पहिलो टेस्टमा श्रीलंकामाथि भारतले एक इनिङ्स र २२२ रनको सानदार जित हात पारेको छ ।

पञ्जाब क्रिकेट एसोसियसनको मैदानमा आइतबा सम्पन्न खेलमा जित हात पारेसँगै भारतले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै ५ सय ७४ रनको बलियो योगफल बनाएको थियो ।

जवाफमा श्रीलंकाले पहिलो इनिङ्समा १ सय ७४ रनमात्रै बनाउन सक्यो। लगत्तै दोस्रो इनिङ्स थालेको श्रीलंका १ सय ७८ रनमै अलआउट भएपछि भारतले सहजै जित हात पारेको हो ।

दोस्रो इनिङ्समा श्रीलंकाका लागि निरोशन डिकवेलले ५१, धनन्जय डी सिल्भाले ३० र एन्जिलो म्याथ्युजले २८ रन जोड्यो।

भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान चार–चार विकेट लिएपछि श्रीलंकाको पारी ध्वस्त भएको थियो।

अब यी दुईबीचको अर्को टेस्ट १२ मार्चमा बैंग्लुरुमा हुनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest