पीएनजीबाट नेपालले दियो २९३ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पपुवा न्यूगिनी(पीएनजी)ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २९२ रन बनाएको हो।

पीएनजीका कार्लोस अमिनीले सर्वाधिक ७७ रन जोडे। १०३ बलमा उनले ६ चौका र एक छक्का प्रहार गरे।

यस्तै पीएनजीका लागि असाद भालाले ६०, नोर्मान भानिउले ४७, टोनी उराउले ३८, रिले हिकुरेले ३१ रन थपे।

नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए। त्यसबाहेक सन्दीप लामिछाने र पवन सर्राफले समान १–१ विकेट लिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest